केन सुबेदी
courtesy: www.livingwithict.com
सामसङ टेक्नोलोजीको क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । यसले विभिन्न किसिमको मोबाइल, कम्प्युटर तथा अन्य आइटी क्षेत्रका प्रोडक्सनहरु उत्पादन गरिरहेको छ । अहिले सामसङले ग्यालेक्सी एस थ्री नामक स्मार्टफोने बजारमा ल्याएको छ । एन्ड्रोइड भर्सन, ४।८ इच्च एलइडी एच डी टच स्क्रीन र उप्पलमा भएको विशेषताहरुले भरिएको यस फोन अहिलेसम्मकै राम्रा तथा सुविधायुक्त फोनहरुमा परेको छ । झण्डै एक करोड संख्याको पूर्व–अडर गरिएको यस फोन लण्डनको आकर्षक स्ट्यान्डलोनमा उद्घाटन गरिएको थियो । सामसङ मोबाइलको नेपाली आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज ९आइ एम एस० का अनुसार आज९बुधबार० देखि ग्यालेक्सी एस थ्री नेपालको बजारमा भित्रिएको छ ्र आजदेखि नै बिक्रि सुरु गरेको कम्पनीले यसको मूल्य ६९ हजार पर्ने जनाएको छ
डिजाइन
सामसङका अनुसार यो ग्यालेक्सी एस थ्री प्रकृतीद्धारा प्रभावित छ किनभने यसले हेर्न, सुन्न र रमाइला पलहरु बाड्न मद्दत गर्छ । यसको वजन १३३ ग्राम र मोटाई ८।६ एम एम रहेको छ । यसले उत्पन्न गराउने तरङ्ग एस टूको जस्तै छ । यस फोनको होम बटम लम्बाइएको छ एस टू को भन्दा तर मेनू र व्याक बटक उस्तै रहेका छन् । यसको इम्प्रेसन सामसङ ग्यालेक्सी नेक्सस जस्तै छ–गोलाकृत मार्जिन एच।डी स्क्रिन जसले ठूलो स्क्रीनलाई अझ हातमा बोक्न महत्व दिएको छ । यसको होम बटन रोम्बस आकारको, सफ्ट कि, ब्याक र मेनु बटन सजिलै प्रयोग गर्न सकिने आकर्षक छन् । आवाज बढाउने र घटाउने बटनहरु फोनको देव्रे साइडको लक कि को समानान्तरमा छन् । माइक्रो यु एसबी स्लट फोनको तल्लो भागमा रहेको छ । ब्याट्रीको खोल फोनको अरु भागको लागि प्रयोग गरिएकै पोलिकार्बोनेट तत्वबाट बनेको छ र कभर निकाल्न मिल्ने छ । यस फोनको प्रयोगकर्ता आश्चर्यचकित हुनेछन् जतिवेला यस भित्रको माइक्रो एस डि स्लटको आकार हेरिन्छ जुन माइक्रो सिम पोर्ट नजिकै अवस्थित छ ।
यस फोनको मेमोरी क्षमता जम्मा १२८ जि।वी रहेको जुन ६४ जि।वि आन्तरिक हो । तसर्थ मिडियप्रेमीहरुलाई ज्यादै खुशीको कुरा हुनेछ । सामसङले ब्याट्रीलाई निकै बचाउने कम्पनीले जनाएको छ । यसमा फोनमा रहेको अटो ब्राइटनेस लेभलले आाखालाई पनि धेरै फाइदा दिनेछ । यसबाट क्यामेरा प्रयोग गर्दा यसको ब्राइटनेस बढाउन पनि सकिन्छ ।
सफ्टवेयर र एप्लीकेशन
ग्यालेक्सी एस थ्री गुगलको मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडद्धारा चल्दछ । एस थ्रीलाई एन्ड्रोइड ४।०, जसलाई आइसक्रिम स्यनान्डविच भनिन्छ, त्यसले सञ्चालित गर्दछ । यसको इन्टरफेस ट्चविच ग्यालेक्सी एस टू र ग्यालेक्सी नोट जस्तै छ । यसमा भएको ‘पप अप प्रे’ विशेषताले तपाईलाई टेक्स्ट गर्दा पनि भिडियोहरु हेर्न पाउने सुविधा दिन्छ । ट्रान्सफर टुल ‘एस बिम’ ले ठूला फाइलहरु वाइ फाइ मार्फत पठाउने सुविधा प्रदान गर्छ । तसर्थ फेसबुकमा स्टाटस लेख्दै गर्दा भिडियो हेर्न सक्ने सुविधा यसले प्रदान गरेको छ । यसमा ‘एस भ्वाईस’ भन्ने विशेषताले तपाईले नै हेरेपछि, र बोलेपछि लक, अनलक हुने व्यवस्था छ । यस विषेशता एप्पलको ‘सिरी’साग केही मिल्छ । सिरिजस्तै एस भ्वाइसले मौसम भन्न कल गर्न, अर्लाम सेट गर्न, फोटो लिन तथा म्युजिक प्ले गर्ने जस्ता कामहरु अह्रयाय अनुसार गर्दछ ।
क्यामेरा
यस फोनमा ९ मेगापिक्सल क्यामेरा रहेको छ । क्यामेरामा अन्य विशेषता सागसागै ‘स्माईल डिटेक्शन’ र ‘फेस रिकगनिसन’ रहेको छ । एस थ्रीले एच।टि।सी। वान एक्सको एउटा नयाा विशेषता साभार गरेको छ । भिडियो रेकर्ड गर्दा पनि स्टिल फोटो खिच्न मिल्ने सुविधा । यसले १०८० पी रिजोलुसनमा एच डी भिडियो खिच्न सक्छ । भिडियो कलिङ, फेस अनलग, फेस डिटेक्सनको लागि दुई मेघापिक्सलको क्यामेरा राखिएको छ ।
अडियो कनेक्टीभिटी
३।५ एम एम हेडफोन ज्याक, फोनको माथिल्लो भागमा रहेको छ र चार्ज गर्न, फाईहरु, भिडियोहरु, गीतहरु सार्न माइक्रो युएसबी पोर्ट तल्लो भागमा रहेको छ । एस टू मा जस्तै एस थ्रीमा रियर स्पीकर छ । आवाजाको स्तर ज्यादै राम्रो छ तर ठूलो आवाज भने धेरै माथी जाादैन । कलको गुणस्तर निकै राम्रो भएकाले कलसम्वन्धि समस्या हुदैन ।
कसले किन्ने एस थ्री
एस थ्री साधारण मोबाइल प्रयोगकर्ता जसलाई फोन कल मात्र गर्न पर्छ र मध्यमवर्गीयहरुको लागि होइन् । यस फोन व्याट्री धेरै चाहिने तथा मजबुत ब्याङ्क व्यालेन्स भएकाहरुलाई हो । यदि तपाई थ्री डी गेम, एच डि भिडियो स्ट्रिमिङ र इन्टरनेट चलाउन चाहानुहुन्छ भने यसको शक्तिशाली इन्जिन र फराकिलो डिस्प्ले तपाईको चाहनालाई पुरा गर्ने साधन बन्न सक्छ । अहिले स्मार्टफोनमा सामसुङ ग्यालेक्सी एस थ्री, एप्पल फोर जी, नोकिया लुमिया ९०० र एचटीसी एक्स १ को प्रतिस्प्रधा ज्यादा छ ्र यि सबैलाई सामसुङ ग्यालेक्सी एस थ्रीले यो तीन महिनामा उछिनेको छ ्र यि स्मार्टफोनको प्रतिस्प्रधा र कुन राम्रो छ भन्ने बारे जान्न असार महिनाको लिभिंग विथ आइसिटी पढ्न नबिर्सनुहोस ्र बजारमा उपलब्ध छ ्
No comments:
Post a Comment